ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

रामचन्द्र न्यौपाने / डोल्पा: विश्व प्रशिद्ध चलचित्र ‘क्याराभान’ सँग जोडिन्छन् थिन्ले लुण्डुप लामा । तिब्बती भाषमा थिन्लेको अर्थ बुद्धिमान भन्ने हुन्छ ।

‘क्याराभान’ चलचित्रमा प्रमुख भुमिका निभाएका थिन्ले डोल्पाको उत्तरी क्षेत्रमा पर्ने साविकको साल्दाङ्ग गाविसका स्थायी बासिन्दा हुन् ।

उनि धेरैजसो सदरमुकाममा रहेको आफ्नै घरमा बस्थे । पछि घर बेचेर आफ्नै घरमा कोठा लिएर बस्ने थाले ।

थिन्लेले अभिनय गरेको चलचित्र क्यारभानले फोक्सुण्डो ताललाई विश्वमाझ चिनाएको थियो ।

चलचित्रमार्फत फोक्सुण्डो मात्र होइन डोल्पा र नेपाललाई समेत उनले विश्वमा चिनाए ।

फ्रान्सेली निर्देशक एरिक भेलीद्धारा निर्देशित चलचित्रमा थिन्लेले नुन बोक्न ल्याउँदै गरेको चाैँरी तालमा खसेको दृष्यले नै फोक्सुण्डोको चर्चा विश्वमाझ चुलिएको थियो ।’

फोक्सुण्डो अहिले चर्चामा छ । तर, थिन्ले गुमनाम छन् । प्रत्येक बर्ष फोक्सुण्डो घुम्ने स्वदेशी देखि विदेशीको सङ्ख्या बड्दै गएको छ ।

बिगत पाँच बर्ष यतामात्रै स्वदेशी र विदेशी गरेर २० हजार ७ सय ९६ पर्यटकले फोक्सुण्डो ताल अवलोकन भ्रमण गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सन् १९९९ मा निर्माण भएको चलचित्र ‘क्याराभान’ नेपालबाट अस्कार अवार्डमा सन् २००० मा Best Foreign Language Film काे रुपमा नेपालको तर्फबाट नामांकनमा परेको पहिलो नेपाली चलचित्र हो ।

यो चलचित्रको मुख्य पात्र थिन्लेले २०७३ साल बैशाख १२ गते ‘फोक्सुण्डो ट्रेल’कै साँङ्टा देखि छेप्का बिचमा घोडाबाट लडेर ज्यान गुमाएका थिए ।

सिलबन्दी दरभाउपत्र आव्हानको दोश्रो पटक प्रकाशित सूचना

उनको निधन भएको खबर एकै पटक विश्वभर फैलिएको थियो भने स्वदेशी विदेशी मिडियाले समाचार छापेका थिए ।

शे–फोक्सुण्डो गाउँपालिका ८ का वडाध्यक्ष निमा लामाका अनुसार थिन्ले त्यो दिन सदरमुकाम दुनैबाट घरतर्फ घोडामा साल्दाङ्ग फर्कदै थिए,बिपरित दिसाबाट आएका खच्चडले धकेलदिएपछि उनी घोडा सहित करिब ४० मिटर तल सुलिगार्ड खोलामा खसेका थिए ।’ उनले भने ‘खसेको केही समयमै उनी चढेको घोडाको मृत्यु भयो,उनको मृत्यु भने आधा घण्टा पछि छेप्का गाउँमा भएको थियो ।’

‘थिन्लेकालागि गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको थियो तर त्यो बजेटबाट छेप्का गाउँ भन्दा माथिनै सानो चिस्तुम बनाइएछ,त्यसमा उनिबार जानकारीमुलक कुराहरु समेत केहीछैन्,सम्बन्ति ठाउँमा बनाइनु पर्ने हो’ उनले थपे ।

फोक्सुण्डो घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरुले थिन्ले लडेका स्थानको सोधीखोजी गर्ने गरेकाछन् । ‘थिन्ले ऐतिहाँसिक व्यक्ति हुन,तर लडेको आफ्नै पालिका भित्रको ठाउँ गुमनाम छ,कम्तीमा उनि लडेको स्थानमा थिन्लेका जीवनबारे लेखिएको होडिङ् बाेर्ड राख्नुपर्ने हो’फोक्सुण्डो भ्रमणमा डोल्पा आएका एक सुरक्षाकर्मीका अफिसरले भने ।

‘फोक्सुण्डो तालको उचित प्रचार–प्रचार भयो बर्षेनी हजाराौ पर्यटकहरु आउलान,तर त्यहि ताललाई विश्वमा चिनाउने थिन्ले ‘फोक्सुण्डो ट्रेल’मै गुमनामहुनु दुखत कुरा हो’ उनले थपे ।

‘डोल्पामात्र होइन नेपाल चिनाउने थिन्ले आफ्नै गृह जिल्लाको जन्मथलो पहिचाहन छैन्, यो राम्रो होइन्’ अर्का आन्तरिक पर्यटक प्रदिप सुवेदीले बताए । थिन्ले लडेको स्थानलाई थिन्ले पोइन्ट भनेर नामाकरण गर्नुका साथै उनको जीवन संघर्षबारे पर्यटकलाई जानकारी दिनुपर्ने सुवेदीको धारणा छ ।

सिलबन्दी दरभाउपत्र आव्हानको  सूचना

स्थानीय युवा पर्यटन ब्यवसायि नोर्वु लामाले थिन्ले लडेको स्थानबारे पर्यटकद्धारा सोधिखोजी भइरहेकाले त्यस आसपासमा थिन्लेको जीवनी लेखिएको जानकारीमुलक ‘होडिङ् बोड’ राख्नुपर्ने बताए ।

‘यो बनाउन धेरै खर्च लाग्दैन्,शे–फोक्सुण्डो गाउँपालिका वा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले गर्न सक्छ ।’ त्यतिमात्र नभई ‘फोक्सुण्डो ट्रेल’लाई थिन्ले ट्रेल वा क्याराभान ट्रेलका रुपमा नामाकरण गर्न सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाइ छ ।

क्याराभानमा हिमाली सँस्कार सँस्कृति,जनजीनव,भौगोलिक विकटता र उपल्लो डोल्पालीबासीले नुन चामल लगायतका खाद्यान्न ढुवानी गर्दा भोग्नुपरेका समस्यालाई प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP