पूर्ण सार्की/सुर्खेत: कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित सस्तो मोबाइल सुर्खेतले ‘चाडपर्व विशेष कुपन उपहार’ सार्वजनिक गर्ने भएको छ ।

वीरेन्द्रनर-३ यरि चोकमा अवस्थित मोबाइल पसलले आईतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते सोमबार दशैं–तिहारको अवसरमा पसलबाट सामान खरिद गरेका ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले सुरु गरिएको कुपन वितरण अभियान अन्तर्गत प्राप्त सबै कुपनलाई पारदर्शी तरिकाले सार्वजनिक गर्ने जानकारी दिएको छ।

मोबाइल पसलले यस कुपन उपहार योजना अन्तर्गत २ जना भाग्यशाली ग्राहकलाई सुनको औंठी, ५ जनालाई स्मार्ट फोन, १०० जनालाई एयरबड्स, ५ जनालाई पावर बैंक र ५०/५० जनालाई हातेघडी, नेकबेण्ड र स्पिकर जस्ता आकर्षण उपहारहरु प्रदान गरिने सस्तो मोबाइलका प्रोप्राइटर सन्दीप मल्लले जानकारी दिए ।

प्रोपाइटर मल्लका अनुसार कम्पनीले उपहार वितरण प्रक्रिया पूर्णतः पारदर्शी, रेकर्ड–आधारित तथा मिडिया साक्षीको उपस्थितिमा सञ्चालन गरिने छ ।

 

कम्पनीका अनुसार सुर्खेतमा विगत केही वर्षयता गुणस्तरीय सेवा तथा ग्राहक–मैत्री व्यवहारलाई प्राथमिकता दिँदै आएका सस्तो मोबाइलले ग्राहकको विश्वास, साथ र सद्भावका कारण सेवा–व्यवसायका रूपमा मजबुत रूपमा स्थापित हुन सफल भएको छ।

ग्राहकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले यस वर्ष विशेष चाडपर्व विशेष कुपन सार्वजनिक कार्यक्रम ल्याइएको सस्तो मोबाइल सुर्खेतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP