ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता लामाटारमा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।
महालक्ष्मी ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीको अध्यक्षतामा आयोजित प्रतियोगितामा काभ्रेका शैलेन्द्र न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै ८ अंकसहित प्रथम स्थान प्राप्त गरे ।



त्यस्तै रिशोन थापा र मुहान नरसिङ श्रेष्ठ क्रमशः ७.५ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहे। त्यस्तै एफ. एम. क्षितिज भण्डारी, कविन्द्र शिवाकोटी र बद्रिलाल नेपालीले समान ७.५ अंकसहित चौथो, पाँचौं र छैठौं स्थान हासिल गरे।
महिला तर्फ, राधिका पौडेल प्रथम, ग्लोसी श्रेष्ठ दोस्रो र प्रस्तुति घिमिरे र आर.सी. आचार्य क्रमशः पहिलो र दोस्रो स्थानमा रहे। पुरुष तर्फ महालक्ष्मी वडा नं ९ का राजन पुरी र युनिक पन्थी दोस्रो स्थानमा रहे।
नगरपालिका र जिल्लास्तरका पुरस्कारमा, महालक्ष्मी नगरपालिका तर्फ लेखराज भट्टराई प्रथम र राजेश महर्जन दोस्रो भए भने ललितपुर जिल्ला तर्फ रत्न ब्यन्जनकार प्रथम भए। स्कुलतर्फ जुगल स्कुल, धापाखेलका विद्यार्थीले पनि उत्कृष्ट प्रदर्शन गरे।

वडा अध्यक्ष बोगटीले प्रतियोगिता निकट भविष्यमा पनि निरन्तर सञ्चालन हुने र बुद्धिचाल खेलको विकास, खेलाडीहरूको पहिचान तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित गरिएको जानकारी दिए ।
प्रतियोगिता स्विस लिग प्रणाली अनुसार ९ राउण्डमा २ दिनसम्म सञ्चालन भएको थियो। खुल्ला प्रतियोगितामा २०० भन्दा बढी खेलाडी सहभागी भए, जसमा भारतबाट १३ खेलाडी सहित दृष्टिविहीन खेलाडी मोहन वि.क. पनि सहभागि भएका थिए। प्रतियोगितामा कुल ३२ जना खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ।
जनहितमा जारी सन्देश

















