ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

सरकारले राज्य, समाज र नीतिगत संरचनाबाट दलित तथा बहिष्कृत समुदायमाथि भएका अन्याय, विभेद र अवसरवञ्चनालाई औपचारिक रूपमा स्वीकार गर्ने जनाएको छ। साथै, सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र औपचारिक माफीसहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने कार्यसूचीमा उल्लेख छ।

मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजनाअनुसार क्षमायाचनासँगै मेलमिलाप र समावेशी विकासलाई अघि बढाउने विभिन्न कार्यक्रम ल्याइनेछन्। सरकारले यस कदमलाई सामाजिक न्याय स्थापना र दीर्घकालीन समानताको आधार तयार गर्ने प्रयासका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP