ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

डोल्पा। हिमाली जिल्ला डोल्पामा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शन गरिएको छ ।

नेकपा एमाले डोल्पाको आयोजनामा सदरमुकाम दुनै बजारमा प्रदर्शन गर्दै एमालेका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘ओलीलाई बिना सर्त रिहा गर’, ‘कानुनी राज्यको पालना गर’ ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

नेकपा एमाले जिल्ला कार्यसमिति डोल्पाले तत्काल सरकारको नियन्त्रणमा रहेका अध्यक्ष ओलीलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा समेत नाराबाजी गरेका थिए ।

प्रदर्शन सँगै एमाले डोल्पाका जिल्ला अध्यक्ष लंक बहादुर रोकायाले प्रमुख जिल्ला अधिकारी जुनु ढकाल हमाललाई विरोधपत्र बुझाउँदै ओलीको गिरफ्तारी लोकतान्त्रिक मूल्य-मान्यता र कानुनी शासनविपरीत भएको बताएका छन्।

विरोध प्रदर्शनमा नेकपा एमालेका शुभेच्छुक तथा भातृ संगठनका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP