ताजा
डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||    कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव चन्दद्वारा पदभार ग्रहण  ||   
बुधबार , चैत्र १८, २०८२

जुम्ला। जुम्लामा दलित समुदायका एक युवामाथि जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

जिल्ला सदरमुकामस्थित कालेखोलीको एक होटलमा राजबहादुर सुनारमाथि गुठिचौर गाउँपालिका–३ की कविता बुढाले ‘डुम’ भन्दै अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेकी थिइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो।

भिडियो सार्वजनिक भएसँगै प्रहरीले आइतबार दिउँसो करिब १ बजेतिर बुढालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पीडित पक्षबाट जाहेरी आउन केही समय लाग्ने बताइएको छ भने घटनाबारे बुझ्ने काम जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP