ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

डोल्पा । प्रधानमन्त्री बालेन शाहले कर्णाली प्रदेशका सांसदहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले देशको समग्र विकास, कर्णाली क्षेत्रको अवस्था तथा जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा बसेको उक्त छलफलमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा डोल्पाका सांसद धनबहादुर बुढाले जिल्लाका मुख्य समस्या, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सडक पहुँचका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको जानकारी दिए ।

छलफलका क्रममा कर्णालीको विकासलाई प्राथमिकतामा राख्दै आवश्यक नीति तथा कार्यक्रममार्फत अघि बढ्ने विषयमा प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाएको सांसद बूढाले बताए ।

प्रधानमन्त्री शाहले दुर्गम क्षेत्रको समृद्धिका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार योजना कार्यान्वयन गरिने बताएको सांसद बूढाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP