ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

पूर्ण सार्की/ सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रविन्द्र चन्दले पदभार ग्रहण गरेका छन्। परिषद्को कार्यालयस्थित सदस्य–सचिवको कार्यकक्षमा मंगलबार उनले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणसँगै चन्दले दुई निर्णय गरेका छन् ।उनले कर्णाली प्रदेश रंगशाला निर्माण कार्य सम्पन्न गरी हस्तान्तरणका लागि निर्माण कम्पनीसँग आवश्यक समन्वय गरी रंगशालाको व्यवस्थापन तथा सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले सम्बन्धित कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

त्यस्तै कर्णाली स्पोर्ट्स कार्निभल सञ्चालनका लागि कर्णाली खेलकुद विकास परिषद्समक्ष प्रस्ताव पेश गरिने निर्णय गरेका छन् ।

यसअघि सोमबार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सदस्य-सचिव चन्दसहित परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही तथा किरण किशोर सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

पदभार ग्रहण कार्यक्रममा बोल्दै चन्दले कर्णालीलाई खेलकुद क्षेत्रमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै अब बस्ने बैठकले नयाँ मिति तय गरी तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गरिने बताए।

कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारी, खेलकुद परिषद्का पदाधिकारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

गत २०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य–सचिव पदमा चन्द नियुक्त भएका हुन्। सदस्य–सचिव छनोटका लागि गठित समितिले माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक ल्याएका थिए।

उक्त पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए भने तीमध्ये १० जना अन्तर्वार्ताका लागि छनोट भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP