ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा संलग्न चार जना बालकलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

मंगलबार न्यायाधीश दिपक ढकालको एकल इजलासले चारै जना आरोपीलाई अनुसन्धान पूरा नभएसम्म थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो। पीडित पक्षकी अधिवक्ता यम कुमारी डडेलका अनुसार अदालतले ती बालकलाई कारागार नभई बाल सुधार गृहमा पठाउन निर्देशन दिएको छ।

जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा थुनामै राखेर अनुसन्धान अघि बढाउने निर्णय गरिएको जानकारी दिए।

चारै जनाविरुद्ध जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग सम्बन्धी अभियोगमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै आइतबार अभियोगपत्र दर्ता गराएको थियो।

गत फागुन २३ गते विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ की इनिशा घर नजिकैको जंगल, वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले इनिशाका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। उनको बयानका आधारमा थप तीन जना किशोरलाई पनि पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका किशोरहरूले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्रावका कारण उनी बेहोस भएको बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP