ताजा
कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||    पञ्चपुरीको विद्यापुर जनता बहुमुखी क्याम्पसद्वारा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत  ||    जगदुल्ला–ए जलविद्युत आयोजनाको विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी  ||    डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता  ||    इनिशा मृत्यु प्रकरण: चार आरोपी बालक पुर्पक्षका लागि थुनामा  ||   
बुधबार , चैत्र १८, २०८२

प्रेम सुनार/सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकामा अवस्थित विद्यापुर जनता बहुमुखी क्याम्पसमा नयाँ सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको उक्त क्याम्पसले स्नातक तहमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत कार्यक्रम आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पस कमिटीले जानकारी दिएको छ ।

स्ववियु सभापति चेतन नेपालीको सभाध्यक्षता तथा क्याम्पस प्रमुख लक्ष्मी बयकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्नातक तह प्रथम वर्ष प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको क्याम्पसले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बयकले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रतिको दृढताका साथ अध्ययन गर्न आग्रह गरे। उनले शिक्षा नै व्यक्तिको उज्ज्वल भविष्य निर्माण गर्ने मुख्य आधार भएको उल्लेख गरे।

सभापति नेपालीले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिइरहेको बताए। उनले नयाँ विद्यार्थीहरूलाई क्याम्पस परिवारमा स्वागत गर्दै उज्ज्वल भविष्यको कामना समेत व्यक्त गरे।

कार्यक्रममा शिक्षकहरू मिना वन र डिल्ली भण्डारीले पनि नयाँ विद्यार्थीहरूलाई सफल अध्ययन जीवनको शुभकामना दिएका थिए।

कार्यक्रममा स्ववियु पदाधिकारी, शिक्षकहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP