ताजा
निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||    प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग?   ||    कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||   
शुक्रबार , चैत्र २०, २०८२

हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७ वर्षीया रसकुमारी केसीले जन्माएको नवजात शिशुको मृत्यु भएको हो ।

बुधबार रसकुमारीलाई सुत्केरी बेथाले च्यापेपछि सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल लैजान लागिएको थियो । तर जिल्ला अस्पताल नपुर्‍याउँदै उनले बाटैमा शिशुलाई जन्म दिइन् । जन्मिएको शिशु केही समयमै मृत्यु भएको थियो ।

अस्पताल पुगेपछि जाँच गर्दा शिशु मृत अवस्थामा रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विदुर तिवारीले जानकारी दिए ।

उनका अनुसार रसकुमारी ३१ हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘प्री–म्याचुअर बर्थ’ रहेको तिवारीले बताए ।

गर्भावस्थामा नियमित स्वास्थ्य जाँच नहुँदा जोखिम बढेको उनको भनाइ छ । शिशुको मृत्यु भएपनि हाल आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जुनु हमालले उद्धारका लागि हेलिकप्टरको बोलाउने प्रयास गरेपनी जिल्ला अस्पतालसम्म आउँदा गर्दा बाटोमै सुत्केरी भएका कारण शिशुको ज्यान जोगाउन नसकिएको बताइन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP