ताजा
निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||    प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग?   ||    कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||   
शुक्रबार , चैत्र २०, २०८२

डोल्पा । नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा १३ औँ केन्द्रीय अधिवेशनबाट डोल्पाका निर्माण व्यवसायी हिम बहादुर बुढा केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै बुढा केन्द्रीय उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्। उनी डोल्पा जिल्लाका स्थानीय बासिन्दा तथा सक्रिय निर्माण व्यवसायीका रूपमा चिनिन्छन् ।

जिल्ला अस्पताल डोल्पाको अत्याधुनिक भवन निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गराएपछि बुढालाई यसअघि सम्मानसमेत गरिएको थियो।

डोल्पाका सांसद धनबहादुर बुढाले नवनिर्वाचित उपाध्यक्ष बुढालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। निर्माण व्यवसायी बूढा सांसद बुढाको सहोदर हुन् ।

उनले निर्माण व्यवसायी महासंघ जस्तो संगठनको उपाध्यक्षमा निर्वाचित भए सँगै निर्माण क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सांसद बूढा सँगै नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री कर्ण बहादूर बूढाले समेत बधाई तथा शुभकामना व्यक्त गरेका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP