ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/ डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ स्थित कस्तुरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अन्तर्गत विद्यालयको अत्याधुनिक भवन निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदूतावास र त्रिपुरासुन्दरी नगरपालिका बीच चैत १९ गते बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको नगर प्रमुख जनचन्द्र रोकायले जानकारी दिए ।

यसअघि नेपाल सरकारले विद्यालय भवन निर्माणका लागि करिब ३ करोड ४७ लाख रुपैयाँ लागत स्वीकृत गरेको थियो। नेपाल सरकारद्वारा निर्धारित मापदण्डअनुसार नगरपालिकाले तयार पारेको सिभिल इन्जिनियरिङ डिजाइन तथा लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदनका आधारमा दुई तल्ले भवन निर्माण गरिने प्रमुख रोकायाले जानकारी दिए।

नगर प्रमुख रोकायाका अनुसार विद्यालयको भवन निर्माणको लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर सँगै कुल ३ करोड ४७ लाख २८ हजार ६ सय ६४ रुपैयाँ ९६ पैसा लागत अनुमान स्वीकृत गरिएको छ ।

सरकारको प्रतिबद्धताअनुसार कुल अनुमानित वा टेन्डर गरिएको लागतमध्ये जुन कम हुन्छ, त्यसको ९० प्रतिशत रकम अनुदानका रूपमा उपलब्ध गराइने र १० प्रतिशत रकम पालिकाले साझेदारीका रुपमा बेहोर्नु पर्ने छ ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै विद्यालय भवन निर्माणको लागि टेण्डर प्रक्रियाको काम बढेको पालिकाले जानकारी दिएको छ ।

सम्झौता अनुसार भवन निर्माणको जिम्मा पाउने निर्माण व्यवसायीले १५ महिना भित्र काम निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नु पर्ने पालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP