डोल्पा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध डोल्पामा एमालेले आन्दोलन गर्ने भएको छ ।
सदरमुकाम दुनैमा बुधबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


नेकपा एमालेको जिल्ला कमिटीको बैठकले एमालेको केन्द्रीय सचिवालयको छैटौं बैठकको निर्देशनअनुसार चैत २८ गते पालिका स्तरमा र वैशाख ३ गते वडा स्तरमा प्रदर्शन गर्ने निर्णय गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष लंक बहादुर रोकायले जानकारी दिए ।
बैठकले अध्यक्ष ओलीलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएको र बिना शर्त रिहाइको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको उनले बताए ।
जिल्ला अध्यक्ष रोकायाको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठनका प्रतिनिधि, पालिका तथा वडा स्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।










