डोल्पा। हिमाली जिल्ला डोल्पामा विद्युतीय सुरक्षा दिवसको अवसर पारेर प्रभातफेरी निकालिएको छ ।

विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रको आयोजनामा ‘विद्युतीय खतराबाट बचौ र बचाऔँ’ भने मूल नारासहित बिहीबार बिहान सदरमुकाम दुनैमा ३०औँ विद्युतीय सुरक्षा दिवसको अवसर पारेर प्रभातफेरी कार्यक्रममको आयोजना गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र डोल्पाका सूचना अधिकारी ध्रुब विकले जानकारी दिए ।

प्रभातफेरी कार्यक्रममा विद्युतकाे सुरक्षित उपभाेग सम्बन्धि सचेतना मुलक प्लेकार्ड र नारासहित कार्यरत कर्मचारी र जिल्ला स्थित सरोकारवाला निकायहरूको सहभागितामा कार्यालयबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै पुनः कार्यालयमा आएर समापन भएको थियो ।

विद्युत प्राधिकरणले हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउन तथा सुरक्षित विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामाग्रीको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता सञ्चार गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको बितरण केन्द्रका सूचना अधिकारी बिश्वकर्माले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP