काठमाण्डौ:नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन्

नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले टी२० विश्वकपमा स्थान बनाउने समिकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुुकल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।

सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले यूएई र कतारलाई हराइसकेको छ भने ओमान र सामोअसँग खेल्न बाँकी छ । यस्तै ओमानले पनि कतार र युएईलाई नै पराजित गरिसकेको छ ।

युएईले सामोअलाई हराएपछि ४ अंक जोडेको छ र विश्वकप पुग्ने सम्भावना कायमै राखेको छ । अब सामोहले नेपाल र ओमानसँग दुई खेल खेल्न बाँकी छ । यस्तै युएईले जापानसँग खेल्न बाँकी छ ।

यस्तो अवस्थामा नेपाल र ओमान बाहेक अर्को एक टिमको मात्र ६ अंक पुग्ने समिकरण रहेकोले दुई टोलीको विश्वकपमा स्थान टुङ्गो लागेको हो ।

 

नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको थियो ।

 

सन् २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण पार गर्न नसकेपनि दक्षिण अफ्रिकालाई चुनौती दिएर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP