ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

पूर्ण सार्की/सुर्खेत । नेकपा माओवादी केन्द्र (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको नयाँ नेतामा चार जनाले दाबी राखेका छन्।

तत्कालीन संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्मा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा खुलेर संसदीय दलको नेता देखि बुधबार राजीनामा दिए सँगै कर्णालीमा माओवादी संसदीय दलको नेतृत्व रिक्त बनेको हो।

माओवादी एक सांसदका अनुसार नयाँ नेता चयनका विषयमा दलभित्र निरन्तर छलफल जारी छ। दलको नेतामा दाबी गर्नेहरुमा प्रदेश सभा सदस्य तथा पूर्व–मन्त्रीहरू कृष्ण जिसी, बिन्दमान विष्ट, मंगल शाही र वीरबहादुर शाही रहेका छन्।

यसैबीच तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री भिमप्रकाश शर्माको नाम पनि अनौपचारिक रूपमा चर्चामा आएपनि आज बसेको संसदीय दलको बैठकमा भने उनको कुनै औपचारिक दाबी नआएको ती संसद्ले रंगिन पाटीलाई जानकारी दिए ।

अहिले नेकपा माओवादी केन्द्र फुटेर दुई भागमा परिणत भैसकेको छ। तत्कालिन माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी लगाएतका दलसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनेको छ।

उता एकतापछि रुष्ट बनेका जनार्दनले आफू पक्षका केही सदस्य र अन्य दलहरु सग एकीकृत गर्दै नयाँ पार्टी दर्ता गराइसकेका छन्।

पूर्व मुख्यमन्त्री शर्माको राजीनामा अघि तत्कालीन नेकपा माओवादी केन्द्रका कर्णालीमा १३ सांसद थिए। राजकुमार शर्माले पार्टी परित्याग गरेपछि माओवादीका १२ र एकीकृत समाजवादीका १ सहित नेपाली कम्युनिष्ट पार्टी पुनः १३ सदस्यीय बनेको छ।

माओवादी कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले बुधबार बिहान पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै उनलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्ने गरी कारबाहीको लागि समेत सिफारिस गरिएको छ।

नेकपा माओवादी पार्टी एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको भए पनि, प्रदेशमा केन्द्रीय तहबाट औपचारिक निर्णय नआएसम्म पार्टीको तत्कालीन सचेतकको जिम्मेवारी कृष्ण जिसीलाई नै दिईएको छ।

दुई पटक मन्त्री बनेका तथा प्रत्यक्ष आफ्नो क्षेत्रबाट तर्फ दुई कार्यकाल जितेका कृष्ण र वीरबहादुर दुवैले आफूहरू संसदीय दलको नेतृत्वका लागि योग्य रहेको दाबी गरिरहेका छन्।

संसदीय दलको नेताको लागि दलभित्र समायोजन र सहमतिको प्रयास भइरहेको बताइए पनि नयाँ नेताको बारेमा छिनोफानो कहिले हुने भन्नेबारे अझै स्पष्ट भएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP