सुर्खेत । परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा  दैलेखका एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका दैलेखको भगवतीमाई गाउँपालिका-७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ मा बसोबास गर्दै आएका २२ वर्षीय पवन वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजङ्ग बूढथापाले जानकारी दिए ।

सूचना अधिकारी बूढथापाका अनुसार  उनलाई खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिब १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि कार्यालयमा राखिएको छ। उँनीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP