कर्णालीका मार्क वाटले अविजित सतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा कर्णालीले  लुम्बिनी लायन्समाथि नौ विकेटको फराकिलो जित निकाल्यो ।

जारी सिजनको एनपिएलमा मार्क वाटको यो पहिलो सतक हो ।

 

जितका लागि लुम्बिनीले दिएको एक सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेटको क्षतिमा एक सय ६१ रन जोड्लै लक्ष्य पूरा गरेको हो ।

कर्णालीका लागि मार्क वाटले ४४ बलमा ६ चौका र १२ छक्काको सहयोगमा एक सय १४ रन बनाउनुभयो । यस्तै विलियम बसिस्टोले अविजित २९ र ओपनर प्रियांक प्रान्चालले १२ रन बनाए । बलिङमा लुम्बिनीका शेर मल्लले एक विकेट लिए।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउनुभयो । यस्तै रुबेन ट्रम्पलमानले खविजित २९, जोहानीस जोनाथन स्मितले २३ र डी’आर्की शर्टले १९ रन बनाउनुभयो । अन्य अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नन्दन यादवले दुई विकेट लिनुभयो । यस्तै सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट झारे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP