काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एबम प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ ले संसद भवन भित्र प्रयोग हुने सम्बोधन शैलीबारे आपत्ति जनाएका छन्। उनले आफ्नै पार्टीकी सांसद रूबीकुमारी ठाकुर लाई “बहिनी” भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त शब्द खारेज गर्न माग गरेका हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् व्यक्तिगत नाता–सम्बन्धका आधारमा होइन, संस्थागत मर्यादा र समानताको आधारमा सञ्चालन हुनुपर्ने बताए।


उनको भने , “यहाँ कोही कसैका बहिनी, नातिनी, बाजे, मामा–भान्जा भन्ने हिसाबले बोल्न हुँदैन। हामी सबैजना एकअर्कालाई सम्मानका साथ सम्बोधन गर्नुपर्छ।”











