ताजा
सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||    प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग?   ||    कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||   
शुक्रबार , चैत्र २०, २०८२

कर्णाली प्रदेशको  मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै प्रभावकारी इन्टरनेट तथा मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गराएका छन्।

सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा समेत उक्त विषय समावेश नभएको भन्दै युवाहरूले सञ्चारमन्त्रीमार्फत  बुधबार सरकारको ध्यानाकर्षण गराएका हुन्।

आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सञ्चारमन्त्री तिमल्सिनासँग भेट गरी जिल्लाको वास्तविक अवस्था, भौगोलिक चुनौती र समाधानका उपायसहित सुझाव प्रस्तुत गरेको जनाएको छ।

टोलीले प्रस्तुत गरेको तथ्यांकअनुसार मुगु जिल्लामा रहेका २४ वटा टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र फोरजी सेवा सञ्चालनमा रहेको छ भने बाँकी क्षेत्रमा अझै टुजी वा कमजोर नेटवर्कमै सेवा सीमित छ।

करिब ६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता संख्या अत्यन्त न्यून रहेको र धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको युवाहरूले बताएका छन्।

युवाहरूले दुर्गम जिल्लामा सञ्चार पहुँच विस्तारका लागि आवश्यक पूर्वाधार विकास, सेवा स्तरोन्नति तथा सरकारी प्राथमिकतामा यो विषय समावेश गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP