ताजा
सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||    प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग?   ||    कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||    मुगुमा इन्टरनेट र मोबाइल सेवा कमजोर : युवाद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण  ||   
शुक्रबार , चैत्र २०, २०८२

पूर्ण सार्की/ सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्। भोलि बिहीबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशभर १६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थी परीक्षा दिनेछन्। यो संख्या गत वर्षको तुलनामा ४६१ ले बढी हो।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी विद्यार्थी सुर्खेतमा रहेका छन्। सुर्खेतका ३४ परीक्षा केन्द्रबाट नियमिततर्फ ७ हजार २९४ र ग्रेड वृद्धितर्फ २ हजार ४८५ गरी कुल ९ हजार ७७९ विद्यार्थी सहभागी हुनेछन्। यता सबैभन्दा कम विद्यार्थी डोल्पामा रहेका छन्, जहाँ ४ परीक्षा केन्द्रबाट नियमिततर्फ ६३४ र ग्रेड वृद्धितर्फ ४० गरी कुल ६७४ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

त्यस्तै दैलेखका २२ परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार २ सय ४७ र ग्रेडवृद्धि तर्फ २००६ गरी कुल ६ हजार २५३, जाजरकोटका १६ परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार ६ सय ८ र ग्रेडवृद्धि तर्फ २०५ गरी कुल ४ हजार ८ सय १३, सल्यानका १९ परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार ५६ र ग्रेडवृद्धि तर्फ ८६ गरी कुल ४ हजार १ सय ४२, रुकुमपश्चिमका १६ परीक्षा केन्द्रबाट नियमित तर्फ ३ हजार ७ सय ७७ र ग्रेडवृद्धि तर्फ १ सय ४५ गरी कुल ३ हजार ९ सय २२ जना , कालीकोटका २० परीक्षा केन्द्रबाट नियमित तर्फ ३ हजार ३८ र ग्रेडवृद्धि तर्फ ६ सय ७९ गरी कुल ३ हजार ७ सय १७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

त्यस्तै जुम्लाका १४ परीक्षा केन्द्रबाट नियमित तर्फ २ हजार १ सय ३३ र ग्रेडवृद्दि तर्फ १ सय २२ गरी कुल २ हजार २ सय ५५,

मुगुका ९ परीक्षा केन्द्रबाट नियमित तर्फ १ हजार ४ सय ७१ र ग्रेडवृद्धि तर्फ ५३ जना गरी १ हजार ५ सय २४ र हुम्लाका ७ परीक्षा केन्द्रबाट नियमित तर्फ ९ सय ९७ जना र ग्रेडवृद्धि तर्फ ३ सय ३ जना गरी कुल १ हजार ३०० विद्यार्थीले परीक्षा दिनेछन्।

गत वर्ष कर्णाली प्रदेशबाट ३७ हजार ९११ विद्यार्थी एसईईमा सहभागी भएका थिए। त्यसअघि २०७९ सालमा ३८ हजार ९७० र अघिल्लो वर्ष ३५ हजार ८०८ विद्यार्थीले परीक्षा दिएका थिए।

यस वर्ष विद्यार्थी संख्या केही बढेसँगै परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायले तयारी तीव्र पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP