ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एबम पूर्व मन्त्री  धनबहादुर बुढाले जिल्लाका साझा मुद्दा र विकासका प्राथमिकता तय गर्न सर्वदलीय तथा सर्वपक्षीय छलफल आह्वान गरेका छन् ।

सांसद बुढाले जिल्लाका पूर्व जिल्ला विकास समिति सभापति तथा उपसभापतिहरु, पूर्व तथा वर्तमान जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु, साथै जिल्लाका आठवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई काठमाण्डौमा हुने छलफलमा सहभागी हुन आग्रह गरेका हुन्।

उनले जिल्लास्थित पार्टीका केन्द्रीय कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, पूर्व मन्त्री तथा माननीयहरु, जिल्ला अध्यक्ष तथा सभापतिहरु, जिल्ला स्थित नागरिक समाज, पत्रकारहरु लगायत सम्पूर्ण सरोकारवाला निकायलाई समेत सहभागी हुन आग्रह गरेका छन् ।

सांसद बुढाले डोल्पाको समग्र विकासका लागि साझा धारणा निर्माण गर्ने, जिल्लाका प्रमुख आवश्यकता पहिचान गर्ने र नेपाल सरकारसमक्ष संयुक्त रुपमा माग प्रस्तुत गर्ने उद्देश्यले छलफलको कार्यक्रम तय गरिएको बताए।

बुढाले छलफलमा सहभागी सबै पक्षको सुझाव, सहकार्य र उपस्थितिले डोल्पाको साझा विकास अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका छन् ।

कार्यक्रम यही वैशाख ७ गते सोमबार दिउँसो १ बजे काठमाण्डौंको कोटेश्वरस्थित डीज बुटिक होटलमा हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP