राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सांसद मनिष झा संसदीय समिति सभापति उम्मेदवार हुन मानेका छैनन् ।

आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा रास्वपा संसदीय दल बैठक बसिरहेको छ। उनी बैठकमा पनि उपस्थित छैनन्। एक सांसदले दिएको जानकारीअनुसार उनी जनकपुरधाममा छन्।

संसदीय समिति सभापति उम्मेदवारबारे आज संसदीय दल बैठकमा छलफल भएको छ।

संसदीय दल नेता बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले संसदीय समिति सभापति उम्मेदवारहरू प्रस्ताव गर्दा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा मनिष झाको नाम प्रस्ताव गरेका छन्।तर झाले आफू संसदीय समिति सभापति उम्मेदवार नहुने कुरा जानकारी गराएका छन्।

त्यसपछि उद्योग समिति सभापतिमा रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP