प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । वैशाख ११ र १२ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकको एजेन्डामा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्ययोजना रहेको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले जानकारी दिए। परियारका अनुसार बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश इन्चार्ज, प्रदेश परिषद्, प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार सबै सहभागी रहनेछन्।

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नैतिकताका आधारमा अध्यक्ष दुर्गा सोव, सुदन किराती र ओजश्वी भट्टराईले राजीनामा दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP