ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

बाँके: बुधबार बिहान बाँकेको बैजनाथ गाउँपालिकामा एक असामान्य दृश्य देखियो, जब गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले कार्यालयको मुख्य गेटमा आफैंले ताला लगाइन्। समयपालनमा लापरबाही देखिएको भन्दै उपाध्यक्षले यो कदम चाल्नु परेको बताएकी छन्।

“सुशासनको नारा सहित अब बदलिन्छ बैजनाथ” भन्ने प्रतिबद्धताका साथ उपाध्यक्ष रोकायले पटक–पटक चेतावनी दिँदासमेत कर्मचारीहरू समयमै कार्यालय नआएको भन्दै बिहान ठीक १०:१७ बजे तालाबन्दी गरेकी थिइन्।

उनका अनुसार गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा तथा प्रशासन शाखाका प्रमुखहरू तालिममा सहभागी हुन गएका कारण अनुपस्थित थिए। तर बाँकी शाखा प्रमुख तथा कर्मचारीहरू समेत समयमा कार्यालय नआएकोप्रति उनले गुनासो व्यक्त गरिन्। “सधैंजसो ढिलाइ हुन्छ। मैले पर्खें, तर कोही आएनन्। काममा असर पर्न थाल्यो, त्यसैले बाध्य भएर ताला लगाएँ,” उपाध्यक्ष रोकायले भनिन्।

यस घटनाका कारण सेवा लिन आएका नागरिक दिनभर कार्यालय बाहिरै बस्न बाध्य भए। कर्मचारीहरू समेत गेट बाहिरै बस्नुपरेको थियो। इन्जिनियर धर्मेन्द्र आचार्यले यो कदम रहस्यमय रहेको बताएका छन्। “किन तालाबन्दी गरियो भन्ने स्पष्ट नहुँदा हामी अनिश्चितमा थियौं,” उनले भने। उपाध्यक्षले दिउँसो करिब ३ बजे ताला खोलिन्।

केही समयअघि सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदन अनुसार, बाँके जिल्लामा सबैभन्दा धेरै बेरुजु देखिएको गाउँपालिका बैजनाथ नै हो। यस्तो पृष्ठभूमिमा यो कदमले अझै गम्भीर बहसको ढोका खोलेको छ।

गाउँपालिकाका प्राविधिक प्रमुखले भने यो कदमप्रति असहमति जनाउँदै भने, “नीतिगत निर्णयमार्फत कारबाही गर्न सकिने अवस्थामा घरजस्तो शैलीमा ताला लगाउनु गैरजिम्मेवार कार्य हो।”

घटनापछि सामाजिक सञ्जालमा उपाध्यक्ष रोकायको कदमको चर्चा चुलिएको छ। कतिपयले यसलाई कडा तर आवश्यक कदम भनेका छन् भने अन्यले संवाद र संयमको बाटो रोजिनुपर्ने सुझाव दिएका छन्।

उपाध्यक्ष रोकायको भनाइमा कार्यालयमा समयमै उपस्थित नहुनु पनि समयको भ्रष्टाचार हो। उनले आगामी दिनमा कार्यपालिका बैठकमार्फत नीति निर्माण गरेर कडा कारबाही गरिने संकेत दिएकी छन्।अब बैजनाथ गाउँपालिकाको कार्यशैली कसरी रूपान्तरण हुन्छ र कर्मचारी समयपालनमा कति सुधार आउँछ, त्यो भने हेर्न बाँकी छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP