ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत:नेपाल एएफसी महिला एसियन कप छनोटको समूह एफ अन्तर्गतको अन्तिम खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार उज्बेकिस्तान विरुद्धको निर्णायक खेलमा निर्धारित समयसम्म ३-३ को रोमाञ्चक बराबरीपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ नेपाल ४-२ ले पराजित भयो।

खेलको सुरुवातमै उज्बेकिस्तानले अग्रता बनायो। दोस्रो मिनेटमा पहिलो गोल गर्दै दबाब सिर्जना गरेपछि ११औं मिनेटमा दोस्रो गोल थप्यो। दोस्रो गोल कप्तानले बायाँ भागबाट गरेको प्रहार नेपाली डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।

२४औं मिनेटमा सावित्रा भण्डारीले पहिलो गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिइन्। तर ३९औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै फेरि दुई गोलको अग्रता बनायो।

तर पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी एन. एर्गासेभा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिइन् र दोस्रो हाफमा उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो।

नेपालले पहिलो हाफमै खेलाडी परिवर्तन गर्दै ३०औं मिनेटमा डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राईलाई मैदान उतारेको थियो।

दोस्रो हाफमा सावित्रा भण्डारी पुनः चम्किइन्। उनले ७०औं र ७१औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाललाई ३-३ को बराबरीमा ल्याइन्। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा नेपालका लागि सावित्रा भण्डारीको प्रहार बारमा लाग्यो भने गोलकिपर अन्जना रानामगरको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोकिन्। उज्बेकिस्तानले चार पेनाल्टी गोल गर्दा नेपालले दुई मात्र सफल बनायो।

यससँगै नेपाल समूह चरणमै प्रतियोगिताबाट बाहिरिएको छ। नजिकै पुगे पनि लक्ष्यबाट चुक्दै नेपाली टोली दुर्भाग्यशाली रुपमा प्रतियोगिताबाट बाहिरिएको हो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP