ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत: नेपाली संगीत क्षेत्रमा पछिल्ला वर्षहरूमा धेरै नयाँ प्रतिभाहरू उदाएका छन्। तीमध्ये एक हुन् आशा विश्वकर्मा, जो आफ्नो सरल प्रस्तुति र आत्मा छुने अभिनय अनि गीतमार्फत दर्शकको मन जित्न सफल भएकी छिन्।

सानो उमेरदेखि नै गीत–संगीतप्रति गहिरो मोह राख्ने आशा सात सदस्यीय परिवारको माइली छोरी हुन्। चार छोरी र एक भाइ सहितको उनको परिवारको जीवन अभावमै बित्यो। टाढा भारतमा श्रम गर्न गएका बुवाको कमाइले घर धानिन्थ्यो भने आमा घरमै सन्तानको हेरचाहमा व्यस्त रहन्थिन्। वर्षामा छानो चुहिने, दशैंमा मात्रै नयाँ लुगा लगाउने र मिठो खानाको आशामा चाडपर्व कुर्ने बाल्यकालको कठिन परिवेशमै आशाको मनमा कलाकार बन्ने सपना पलायो।

‘छोरी मान्छेले पनि सबै गर्न सक्छ, यो समाजलाई देखाउने मेरो सपना हो।’

टिभी नहुँदा गाउँका धनीको घरमा काम गरेपछि मात्रै केहीबेर फिल्म हेर्ने अवसर पाउने आशा अहिले देश-विदेशका नेपाली दर्शकमाझ चर्चित बनेकी छिन्। केही समयअघि अभिनेता पुष्प खड्का सँग ‘मिठो बोली छ ‘ बोलको म्युजिक भिडियोमा देखिएकी उनले अहिले हरितालिका तीजको अवसरमा ल्याएको ‘अभागी करिम‘ गीतमार्फत फेरि लोकप्रियता कमाएकी छिन्।

 

नेपाली महिलाहरूको पीडा, दुःख र सामाजिक अवस्था मार्मिक रूपमा चित्रण गरिएको यो गीत टिकटक लगायतका सामाजिक सञ्जालमा अत्यन्त भाइरल भइरहेको छ। दर्शक तथा श्रोताहरूको मन जित्न सफल यस गीतमार्फत उनले पुनः एक पटक आफ्नो कलात्मक सशक्तता प्रमाणित गरेकी छिन्।

 

आशाको संघर्ष र सफलताको यात्रा अहिलेका युवायुवतीका लागि प्रेरणाको स्रोत बनेको छ। उनले भन्छिन् ‘छोरी मान्छेले पनि सबै गर्न सक्छ, यो समाजलाई देखाउने मेरो सपना हो।’

सांगीतिक क्षेत्रमा उनको निरन्तरता र योगदानले नेपाली समाजमा महिलाको भूमिका र क्षमताको नयाँ उदाहरण स्थापित गरिरहेको छ। आशा जस्ता प्रतिभाशाली र संघर्षशील कलाकारहरू साँच्चै नेपाली समाजका गहना हुन्।

तस्बिरमा आशा विश्वकर्मा हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP