ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/ डोल्पा : हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०८१/०८२ मा बहुमूल्य जडिबुटी यार्सागुम्बा र पर्यटक प्रवेश शुल्कबाट गरी ३ करोड ६३ लाख ६० हजार ९६५ रुपैयाँ राजस्व संकलन गरेको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार, यार्सागुम्बा संकलन अनुमति ( प्रवेश पुर्जी), प्रवेश शुल्क र सेवा शुल्कबाट मात्रै २ करोड ८४ लाख ८८ हजार ८०४ रुपैयाँ उठाइएको हो। हरेक वर्षजस्तै यस वर्ष पनि यार्सागुम्बा संकलनबाट राज्यको ढुकुटीमा करोडौं राजस्व जम्मा भएको छ।

त्यस्तै, शे–फोक्सुण्डो क्षेत्रको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकबाट २१ लाख ७१ हजार ३६५ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल ४ हजार ३ सय ५४ जनाले निकुञ्ज क्षेत्र भ्रमण गरेका थिए।

भ्रमणकर्तामध्ये ३ हजार ८८२ जना नेपाली, २६ जना सार्क मुलुकका, र ४ सय ४४ जना अन्य विदेशी पर्यटक रहेका थिए।

नेपालकै गहिरो र सुन्दर तालहरूमध्ये एक मानिने फोक्सुण्डो ताल, हिमाली संस्कृति, दुर्लभ वन्यजन्तु तथा औषधीय वनस्पतिका कारण यो क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। तर, पर्यटक सुविधाका आधारभूत पूर्वाधारको अभावका कारण यसको पूर्ण उपयोग हुन सकेको छैन।

 

वरिष्ठ संरक्षण अधिकृत अर्यालका अनुसार, पदमार्ग मर्मत, संकेत चिन्हहरू स्थापना, सूचना केन्द्र र मार्गदर्शन सुविधा, सुरक्षित आवास तथा खानाको व्यवस्था, साथै स्थानीय संस्कृतिसँग जोडिएका स्वागत स्थलहरूको विकास गरिनु जरुरी छ। त्यस्तै हेलिकप्टर सेवा, प्राथमिक उपचार सुविधा, तथा दीगो पर्यटनका लागि स्थानीयको सहभागिता बढाउन सके यो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटक गन्तव्य बनाउने सम्भावना रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP