ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पाका पालीकाले सामाजिक सुरक्षा भत्ता नवीकरणमै शुल्क उठाइरहेको पाइएको छ।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता लगायतका श्रेणीमा पर्ने लाभग्राहीले पाउने सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले शुल्क उठाई रहेको पाइएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि लाभग्राहीको विवरण हरेक वर्ष निःशुल्क नवीकरण गर्ने व्यवस्था गरेको छ । तर, यो प्रक्रिया निःशुल्क हुने प्रावधान हुँदाहुँदै पनि डोल्पाको त्रिपुरासुन्दरीका वडाहरुले राजश्वको दायरा बढाउने नाममा बिना रसिद रकम असुल गर्ने गरेका छन।

मंगलबार सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न गएका एक लाभग्राहीले यसरी शुल्क असुली गरिएको भन्दै रंगीन पाटी समक्ष  असन्तुष्टि जनाए।त्रिपुरासुन्दरी नगरपालिका १ का एक ज्येष्ठ नागरिकले भने ‘सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा १०० रुपैयाँ तिरेर मात्र नवीकरण भयो। हामी जस्ता वृद्ध नागरिकलाई त निःशुल्क गर्नुपर्छ ।’

मंगलबार सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा शुल्क लगिरहेको भन्दै जन गुनासो आइसकेपछि रंगीन पाटी पालिकामा बुझ्न गएको थियो। उक्त टीम त्यहाँ जाँदै गर्दा त्रिपुरासुन्दरी नगरपालिका १ की वडा सचिव निशा बूढाले शुल्क लिइरहेको भेटियो।

उक्त शुल्क लिन मिल्दैन होला भन्ने हाम्रो प्रश्नमा सचिव बुढाले भनिन् ‘ हाम्रो पालिकाले पहिले देखि नै शुल्क लग्ने गरेको छ। हामीले राजस्व बढाउनलाई पनि प्रतिव्यक्ति १०० का दरले शुल्क लिने गरेका हौ।’

पालिकाको राजश्व संकलन समितिले नै शुल्क लाने भनेको र पालिकामा रसिद भने सकिएको कारणले रसिद बिना नै शुल्क काट्ने गरेको उनले बताइन्।

 

त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको अनुरोध

वडा सचिव बुढाका अनुसार हाल सम्म त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०१ मा मात्रै करिब १ सय ९९ जनाले प्रति व्यक्ति १०० का दरले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन् ।

सोही विषयमा  युक्त वडाका वडा अध्यक्ष राम चन्द्र कुलालले भने आफूलाई यो विषयमा जानकारी नभएको र यदि लिए पनि पालिकाको निर्देशन अनुसार शुल्क लिने गरेको हुन सक्ने जानकारी दिए।

वडा १ नं मा मात्रै होइन त्रिपुरासुन्दरीका सबै वडामा समाजिक सुरक्षा भत्ता नवीकरण गर्दा १०० का दरले अन्य सेवा शुल्क भनेर रकम लिरहेका छन्।

यस विषयमा त्रिपुरासुन्दरीकै एक वडा सचिवले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा शुल्क लिने प्रावधान नरहेको जानकारी गराएपनि पालिकाको निर्णय हो भन्दै एक कर्मचारीले शुल्क उठाउन भनेर भनेपछि शुल्क आफूले पनि उठाउने गरेको स्वीकार गरे।

त्रिपुरासुन्दरीकै एक वडा अध्यक्षले समेत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा शुल्क उठाउने परिपाटी गलत भएको भन्दै आफ्ना वडा सचिव सग एकपटक त विवाद नै भएको कुरा उल्लेख गरे।

यस विषयमा त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीम थापाले भने पहिला आफूलाई खासै जानकारी नभएको बताए। प्रमुख थापा लाई रंगीन पाटीले वडा सचिव सग भेटाएपछि पालिकाद्वारा यस्तो निर्णय कहीकतै भएको हुन सक्ने जानकारी दिए।

सामाजिक सुरक्षा भत्ता नवीकरणमा हुने यस प्रकारका शुल्क असुलीको विषयमा जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले शुल्क उठाउने कार्य गलत भएको भन्दै युक्त कार्यमा ध्यानाकर्षण भएको जानकारी दिएका छन।

यस विषयमा राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग अन्तर्गत सामाजिक सुरक्षा शाखाका निर्देशक सानु बाबु अधिकारीले नवीकरण गर्दा शुल्क लिने परिपाटी सरासर गलत रहेको र यो नियम कुनै पनि ठाउँमा लागू नहुने बताएका छन्।

 

सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रियामा अनावश्यक शुल्क लिने कार्य तत्काल बन्द गर्नुपर्ने निर्देशक अधिकारीले बताएका छन् ।

उता त्रिपुरासुन्दरी कै छिमेकी पालिका ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले भने आफ्नो पालिकामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा शुल्क नलिएको जानकारी दिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP