ताजा
सोमबार , चैत्र ३०, २०८२

काठमाण्डौं। भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाली टोलीले बंगलादेशसँग लगातार दोस्रो हार व्यहोरेको छ।

बंगलादेशसँग लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको हो।

पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल खान पुग्यो।

पहिलो हाफको ३८ औँ मिनेटमा थुइननुयीको गोलमा बगलादेशले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बंगलादेशकी सौरभी अकान्डा प्रीतिको गोलमा नेपाल २–० ले पछि परेको थियो।

इन्ज्युरी समयको तेस्रो मिनेटमा भुमिका बुढाथोकीको गोलमा नेपाल खेलमा फर्कने संकेत गरेको थियो।

खेलको ७१ औँ मिनेटमा सौरभीले व्यक्तीगत दोस्रो गोल गर्दा बगलादेशले नेपालविरुद्ध अग्रता फराकिलो बनायो।

८७ औँ मिनेटमा सौरभीले ह्याट्रिक पूरा गर्दै बंगलादेशले ४–१ ले जित दर्ता गरेको हो । च्याम्पियनसिपमा नेपालले भारतसँग ७–० को फराकिलो हार व्यहोरेको थियो।

भुटानलाई २–१ ले तथा बंगलादेशसँग ३–० को हार व्यहोरेको थियो। च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले सहभागिता जनाएका छन्।डबल राउण्ड रोविनमा भैरहेको च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP