ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अन्तरलिङ्गी व्यक्तिहरूको अवस्था, समस्या तथा मानव अधिकारका विषयमा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पेन फर चेन्जको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूले भोगिरहेका समस्या, सामाजिक चुनौती तथा उनीहरूको मानव अधिकारका मुद्दाहरूको बारेमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार नेपालमा कुल जनसंख्याको करिब १.७ देखि २ प्रतिशतसम्म अन्तरलिङ्गी व्यक्तिहरू रहेको अनुमान गरिएको छ।

नेपालको संविधानमा अन्तरलिङ्गी व्यक्तिको अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा भने उनीहरू अझै पनि विभेद र अपहेलनाको सामना गर्न बाध्य रहेको क्याम्पेन फर चेन्जकी कर्णाली प्रदेश प्रतिनिधि मनिषा सलामी मगरले बताइन्।

उनले अन्तरलिङ्गी व्यक्ति पारलिङ्गी (ट्रान्सजेन्डर) र तेस्रो लिङ्गी (थर्ड जेन्डर) भन्दा फरक पहिचान भएका समूह हुन् भन्ने बुझ्न आवश्यक रहेको बताउँदै अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान कसरी गर्ने भन्ने विषयमा समेत जानकारी दिएकी थिइन्।

कार्यक्रममा बोल्दै इन्सेक कर्णाली प्रदेशका कार्यालय प्रमुख नारायण सुवेदीले तथ्याङ्क संकलनको क्रममा अझै पनि महिला र पुरुषमा मात्र सीमित हुने गरिएको बताउँदै यसले अन्तरलिङ्गी समुदायको वास्तविक अवस्था ओझेलमा पर्ने गरेको उनको भनाई थियो। उनले कुनै पनि हिंसा विरुद्ध नडराई आवाज उठाउन आग्रह समेत गरे ।

कार्यक्रममा सहभागीहरूले अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान, सम्मान र अधिकार सुनिश्चित गर्न राज्य तथा सरोकारवाला निकायले थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा समाजमा अन्तरलिङ्गी व्यक्तिहरूको बारेमा सकारात्मक जानकारी फैलाउन, उनीहरूको दृश्यता बढाउन तथा सामाजिक विभेद, अन्धविश्वास, लाञ्छना र पूर्वाग्रह हटाउन सबैलाई सहयोग गर्न अपिल समेत गरिएको थियो।

त्यस्तै, अन्तरलिङ्गी व्यक्तिहरूका मुद्दाहरू यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा LGBTQA+ समुदायसँग सम्बन्धित अधिकारसँग जोडिएको पनि उल्लेख गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका कार्यालय प्रमुख रमेश थापा, इन्सेक कर्णाली प्रदेशका कार्यालय प्रमुख सुवेदी, मानव अधिकारकर्मी सहित  विभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP