ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा: हिमाली जिल्ला डोल्पाको छार्का ताङसोङ गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका बीच धार्मिक, सांस्कृतिक, भाषिक, सडक पूर्वाधार, पशुपालन, जडीबुटी तथा पर्यटन विकासका सम्भावनाबारे अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ।

मंगलबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङको अध्यक्षतामा दुई पालिका बीचको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको हो।

दुई पालिका बीचको अन्तरपालिका समन्वय बैठकले छार्का–मुस्ताङ सडक सञ्जाल विस्तार र सुधार, पशुपालन तथा पर्यटन क्षेत्रको प्रवर्द्धन, बसाइ–सराइका विषयमा सहजीकरण, असल अभ्यास आदान–प्रदान मार्फत आपसी सम्बन्ध सुदृढीकरण लगायतका विषयमा छलफल गरी निर्णय गरेको छ।

बैठकमार्फत दुबै पालिकाले भौगोलिक, सांस्कृतिक र विकासका समानताहरूलाई आधार मानी दीर्घकालीन सहकार्य गर्दै जाने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रममा दुवै गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

गण्डकी प्रदेशमा पर्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र कर्णाली डोल्पाको छार्का ताङसोङ गाउँपालिकाले यो बैठकले दुई प्रदेशको सम्बन्ध समेत बलियो बनाएको छ। यी दुई पालिकाका गण्डगी र कर्णाली प्रदेश जोड्ने मुख्य केन्द्रबिन्दु समेत हो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP