ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ मुँहुमा प्रथम वडा कप सञ्चालन गरिने भएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ११ मुँहुको आयोजनामा “राष्ट्रका लागि खेल तथा स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘प्रथम वडा कप प्रतियोगिता–२०८२’ सञ्चालन गरिने वडा अध्यक्ष चन्द्ररूप डसालले जानकारी दिए।

शुभ दीपावली तथा भाईटिकाको अवसर पारेर आयोजना गरिने ‘वडा कप २०८२’ प्रतियोगितामा वडा तथा गाउँस्तरका विभिन्न खेल र सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने वडा अध्यक्ष डसालले जानकारी दिए।

डसालका अनुसार प्रतियोगितामा पुरुष भलिबल, घोडा दौड, छेलो फाल्ने, हाईजम्प र लङ्जम्पका साथै विविध सांस्कृतिक प्रस्तुतीहरु हुने छन्।

खेलकुद मार्फत आपसी सम्बन्ध सुदृढ गर्दै स्वास्थ्य, एकता र सौहार्दको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ। आयोजकका अनुसार सम्पूर्ण खेलाडीहरुलाई खाना बस्नको समेत व्यवस्थापन समेत गरिएको छ।

खेल विधा तर्फका सम्पूर्ण टिम दर्ता मिति २०८२ असोज २८ गते साँझ ५:२० बजे सम्म कायम गरिएको छ भने खेलहरू असोज २९ गतेदेखि सुरुवात गरिने छ।

टीम दर्ताको लागि भलिबल तर्फ दर्ता शुल्क रु. १०,००० ,घोडा दौडका लागि रु. १,५००, छेलो फाल्नेका लागि रु. १, ००० , हाईजम्प र लङ्जम्पका लागि रु. ५०० तोकिएको छ ।

प्रथम वडा कप प्रतियोगितामा भलिबलतर्फ प्रथम हुनेलाई नगद रु. ५०,५०५, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद रु. ३०,३०५, ट्रफि, मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद रु. १५,१०५, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

 

हाईजम्प र लङ्जम्पतर्फ प्रथमस्थान हासिल गर्नेलाई रु. २,५०० र प्रमाणपत्र ,द्वितीय हुनेलाई रु. १,५०० र प्रमाणपत्र , तृतीय हुनेलाई रु. १,००० र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

त्यस्तै घोडा दौडतर्फ प्रथमहुनेलाई रु. १०,००० र प्रमाणपत्र,द्वितीय: हुनेलाई रु. ५,००० र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगितामा त्रिपुरासुन्दरी नगरपालिका भित्रका ११ वटा वडाका क्लब, गाउँ र वडाले मात्रै आफ्नो टीम दर्ता गराउन सक्नेछन् ।

आयोजकले नगरपालिका भित्रका क्लब, गाउँ र वडाहरुलाई खेलाडी पठाई प्रतियोगिताको शोभा बढाउन समेत आग्रह गरेको छ।

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP