ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत: रुकुम पश्चिममा कर्णाली प्रदेशकै सर्वाधिकार पुरस्कार राशी भएको खेलकुद प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ स्थित राडीबजारमा परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको अवसरमा पुरुष महिला भलिवल प्रतियोगिता सहित ब्याटमिन्टन प्रतियोगीता हुन लागेको ३१ औं चौतारा मेला मूल आयोजक समितिले जानकारी दिएको छ ।

कार्यक्रम आयोजना हुने स्थल राडी बजार

ऐतिहासिक चौतारा मेलाको यो ३१ औँ संस्करण रहेको आयोजकले जनाएको छ । खेलकुद तर्फ मात्रै  कुल १२ लाख ४३ हजार रुपैयाँ बराबरको पुरस्कार राशी रहेको र आउदो कार्तिक १० गतेदेखि खेलकुद तथा मेला सञ्चालन हुने खेलकुद संयोजक कर्ण बहादुर बटालाले जानकारी दिए । उनका अनुसार पुरुष भलिवल तर्फ प्रथम हुनेले ३ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने समुहले २ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र शान्तवना हुने दुई समुहले ७५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। भने खेलमा सहभागी हुनको लागी १० हजार दर्ता शुल्क लाग्ने छ ।

खेलकुद तर्फका टीम दर्ता गर्नेहरूले कार्तिक ९ गते साँझ ५ बजे सम्म आफ्नो टीम दर्ता गरिसक्नु पर्ने आयोजकले जानकारी दिएको छ।

त्यस्तै महिला भलिवल तर्फ प्रथम हुनेले १ लाख ७५ हजार ५५५ र दोस्रो हुनेले १ लाख २५ हजार ५५५ त्यसैगारी शान्तवना हुने दुई समुहले ४० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छन्। भने दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ । ब्याटमिन्टन तर्फ बिजेता समुहले ९० हजार ५५५ उपबिजेताले ६५ हजार ५५५ र शान्तवना हुने समुहले २० हजार ५५५ रुपैयाँ पाउने छन्। भने दर्ता शुल्क २ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP