ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुहूद्वारा आयोजित प्रथम वडा कप खेलकुद प्रतियोगिताको भलिबल तर्फको खेलमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को भलिबल टिम फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनल तर्फ शुक्रबार भएको पहिलो खेलमा त्रिपुरासुन्दरी १ ले आयोजक’A’ मुहुँलाई सोझो सेटमा हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

त्रिपुरासुन्दरी १ ले आयोजक’C’ बन्तडीलाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो। सेमिफाइनलको दोश्रो अथवा अन्तिम खेल भने शनिबार बिहान हुने छ।

सेमिफाइनल दोश्रो खेलमा त्रिपुरासुन्दरी ६ फुल्चिङ र त्रिपुरासुन्दरी ८ बीच हुने भएको छ।

त्रिपुरासुन्दरी ६ ले त्रिपुरासुन्दरी २ लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यो दुई बीचको विजेता टिमले फाइनलमा त्रिपुरासुन्दरी १ संग उपाधिको लागि भिड्ने छ। फाइनल पुगेका दुई टिम मध्यको विजेता टीमले प्रथम वडा कपको उपाधि हासिल गर्ने छ भने हरेको टोली उप विजेता हुने छ।

 

प्रथम वडा कप खेलकुद प्रतियोगितामा भलिबल तर्फको विजेता टीमले नगद रु. ५०,५०५, ट्रफि, मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने छ।

उपविजेताले नगद रु. ३०,३०५, ट्रफि, मेडल सहित प्रमाणपत्र, तृतीय हुनेले नगद रु. १५,१०५, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।

प्रतियोगितामा भोलि शनिबार पुरुष भलिबल सहित घोडा दौड, छेलो फाल्ने, हाईजम्प र लङ्जम्पका साथै विविध सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको छ।

तस्बिर: पूर्ण सार्की/ रंगीन पाटी 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP