ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

जाजरकोट, शिवालय : जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित रोकाय जातमा आयोजित प्रथम वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि सुर्खेतको सिम्ता गाउँपालिका–३, आग्रीगाउँको जनसन्देश युवा क्लबले हात पारेको छ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रगतिशील युवा समाज शिवालय–६ को आयोजनामा संचालित प्रतियोगीता गत कार्तिक २ गतेदेखि सुरु
भएको प्रतियोगिताको फाईनल खेलमा जनसन्देश युवा क्लबले चिङ्गाड गाउँपालिकाको जिसी फेम्लीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

फाईनलमा विजेता बने सगै जनसन्देश युवा क्लबले नगद रु. ३० हजार रुपैयाँ, मेडल, कप, र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै, उपविजेता बनेको सुर्खेतकाे चिंगाड गाउँपालिकाकाे जिसी फेम्लीले नगद २० हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको प्रगतिशिल युवा समाज शिवालय-६ का अध्यक्ष धनबहादुर रोकायले जानकारी दिए ।

प्रतियोगीतामा तेस्रो स्थान हासिल गरेको बि.सी. हार्डवयर शिवालय–८ ले भने नगद १० हजार, मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगीताको समापन कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका अध्यक्ष रोकायले यस्ता प्रतियोगिताहरूले युवाहरूमा सकारात्मक ऊर्जा र खेलप्रतिको रुचि बढाएको बताए।
समापन समारोहका प्रमुख अतिथि तथा वडा नं. ८ का अध्यक्ष जस्बिर वलीले खेलकुद केवल उपाधिका लागि नभई स्वास्थ्य र अनुशासनको प्रतीक भएको बताए। उनले भने, ‘खेलमा हारजित स्वाभाविक हो। हारपछि निराश नभई आफ्ना कमजोरी सुधार गर्दै अझै बढी मेहनत गर्नुपर्छ।’

स्थानीय स्तरमा यस्तो किसिमको प्रतियोगिता आयोजना हुनु युवा सशक्तिकरण र समुदायमा एकता विकास गर्ने दिशामा महत्वपूर्ण कदम भएको उनले बताए।
प्रथम वडा स्तरिय भलिवल प्रतियोगितामा झण्डै २४ वटा भलिबल टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP