ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत: सुर्खेतको चिंगाड गाउँपालिका मटेला स्थित ठाँटी मेलामा जारी भलिबल प्रतियोगिताको उपाधि सल्यानको बनगाड कुपिण्डे दह (गणेश निर्माण सेवा)को भलिबल टिमले उचालेको छ।

आईतबार भएको फाइनल खेलमा बनगाड कुपिण्डेले रुकुम पश्चिम आठबिसकोटको भलिबल टिमलाई हराउँदै भलिबल कपको उपाधि हात पारेको छ।

फाइनलमा बनगाड कुपिण्डेको भलिबल टिम सग पराजित बने सगै आठबिसकोट प्रतियोगिताको उप विजेता बनेको छ।

आईतबार भएको सेमिफाइनलको पहिलो खेलमा बनगाड कुपिण्डे दहले सुर्खेतको लेखबेशीलाई सोझो सेटमा गराउँदै फाइनलको यात्रा तय गरेको थियो । आठबिसकोट भने चिंगाडको भलिबल टिमलाई हराउँदै फाइनल प्रवेश गरेकी थियो।

गत कार्तिक १९ गते देखि ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ठाँटी मेलामा ठाँटी बजार व्यवस्थापन समिति द्वारा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता – २०८२ मा प्रथम हुने बनगाड कुपिण्डेले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ६५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गरेको छ।

द्वितीय हुने आठबिसकोटको भलिबल टोलीले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा तृतीय हुने भलिबल टोलीले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्रमाणपत्र र मेडल सहित नगद रु. १० हजार प्राप्त गर्ने गरेका छन् । त्यस्तै प्रतियोगितामा विभिन्न विद्या तर्फ उत्कृष्ट हुनेले , प्रमाणपत्र र मेडल सहित नगद रु. ३ हजार प्राप्त गरेको मेलाका खेल संयोजक खगेन्द्र जिसीले जानकारी दिए। खेल संयोजक जीसीका अनुसार फाइनल खेलहरूलाई हेर्न स्थानीय दर्शकको उत्साह उच्च सगै मेलाको वातावरण झन् रंगिन बन्दै गएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP