ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा : हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ।

पालिकाले बुधबार गाउँपालिकाकी उपाध्यक्ष दुदा कुमारी रोकायाको प्रमुख आतिथ्यतामा तथा समावेशी अपाङ्ग सेवा समितिका अध्यक्ष भीम बहादुर शाहीको सभाध्यक्षतामा “अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ  ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमहरू आयोजना गरी मनाएको गाउँपालिकाले जानकारी दिएको छ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रोकायले समावेशी समाज निर्माणमा अझै प्रभावकारी पहल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेको बताइन् ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अधिकार, हक–हित तथा समावेशी सामाजिक वातावरण निर्माणका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा उपाध्यक्ष रोकायासहित गाउँपालिकाभित्रका विभिन्न समूहगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP