ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम आयोजना हुने भएको छ।

पारा फाउन्डेसन सुर्खेत शाखाको आयोजनामा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा माघ ९ गतेदेखि १४ गतेसम्म राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रमको आयोजना गरिने पारा फाउन्डेसन सुर्खेतका अध्यक्ष किशोर शाहीले जानकारी दिए।

शनिबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शाहीले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने, समावेशी खेलकुदको प्रवर्द्धन गर्ने तथा अपाङ्ग खेलाडीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उक्त खेलकुद कार्यक्रममा देशभरका सातै प्रदेशसहित दुई विभागीय टोलीको सहभागिता रहनेछ। कार्यक्रममा देशैभरिबाट २ सयभन्दा बढी ह्विलचेयर खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

चार दिन सम्म चल्ने कार्यक्रममा ह्विलचेयर बास्केटबल (महिला तथा पुरुष), ह्विलचेयर क्रिकेट (टी–२० ढाँचामा ४ टोली), ह्विलचेयर दौड (५ किलोमिटर ), ह्विलचेयर डान्स

लगायतका प्रतियोगिता सञ्चालन गरिनेछन्।

ह्विलचेयर बास्केटबल प्रतियोगिता कर्णाली प्रदेश रंगशाला र क्रिकेट प्रतियोगिता कालिञ्चोकको क्रिकेट मैदानमा सञ्चालन हुनेछ भने ह्विलचेयर दौड वीरेन्द्रनगरको एयरपोर्टदेखि बाङ्गेसिमलसम्म आयोजना गरिनेछ।

 

अध्यक्ष शाहीले पारा राष्ट्रिय खेलकुद कर्णालीमै हुनुपर्छ भन्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको बताउँदै खेलकुदमार्फत जनचेतना फैलाउने, अपाङ्गता भएका व्यक्तिहरू पनि सक्षम छन् भन्ने सन्देश समाजमा प्रवाह गर्ने लक्ष्य रहेको उल्लेख गरे।

साथै प्रदेश सरकारले अपाङ्गता सम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली पनि राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न सक्षम रहेको विश्वास दिलाउन कार्यक्रम महत्वपूर्ण हुने बताए।

कार्यक्रमलाई पर्यटनसँग समेत जोड्ने प्रयास गरिएको आयोजकको भनाइ छ।

पारा फाउन्डेसनले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग तथा प्रचार–प्रसारका लागि सञ्चारकर्मीहरूको सक्रिय भूमिका आवश्यक रहेको भन्दै सम्पूर्ण सरोकारवालासँग सहयोगको अपील समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP