ताजा
सोमबार , चैत्र ३०, २०८२

सुर्खेत । विज्ञहरुले कर्णालीको पूर्वाधार विकाससँग वातावरणलाई अलगत राख्न नुहुने बताएका छन् । शनिबारबाट वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौं संस्करणको विकासको गोरेटो—प्रकृतिको ओत सत्रका वक्ता पूर्वाधार र वातावरण विज्ञहरुले कर्णालीको दिगो समृद्धिका लागि भौतिक पूर्वाधार र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले कर्णालीलाई गरिब नभई प्राकृतिक स्रोतको ‘फिक्स्ड डिपोजिट’ भएको प्रदेशका रूपमा चित्रण गरे ।

बहसमा सहभागी सांसद, संरक्षणविद् र प्राविधिकहरूले प्रकृतिको विनाश गरेर गरिने विकासले दीर्घकालीन संकट निम्त्याउने भन्दै अबको पाँचौँ पुस्तासम्मलाई असर नपर्ने गरी नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले विकासको परम्परागत परिभाषा बदल्नुपर्ने बताए । ‘गाउँमा डोजर पुग्नु र बाटो छिचोल्नुलाई मात्र विकास मान्ने हो भने त्यही बाटो भएर युवाहरू श्रम बेच्न विदेशिनु विडम्बना हो,’ उनले भने । कर्णालीमा पानी, अक्सिजन र जडीबुटीको ठूलो भण्डार रहेको चर्चा गर्दै उनले कर्णालीको पानीले देश उज्यालो पार्नुअघि कर्णालीका अँध्यारा घरहरू उज्यालो हुनुपर्नेमा जोड दिए । यस्तै,

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदीले नेपालले वन क्षेत्र ४६ प्रतिशत पु¥याएर विश्वमै उदाहरणीय काम गरेको बताए । उनले विकास र प्रकृतिलाई सँगसँगै लैजान सकिने तर्क गर्दै मनाङ र मुस्ताङको एकीकृत संरक्षण र विकास मोडेल कर्णालीमा पनि लागू गर्न सकिने धारणा राखे । जलवायु परिवर्तनका कारण बढ्दो बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै अबका पूर्वाधार ५० वर्षपछिको वातावरणीय अवस्था हेरेर डिजाइन गर्नुपर्ने उनको सुझाव थियो ।

नेपाल सरकारका उपसचिव रुपक रावलले कर्णालीको विकट भूगोललाई सम्पत्तिका रूपमा लिनुपर्ने बताए । सडक सञ्जाल विस्तारमा फड्को मारे पनि अब नयाँ सडक खन्नुको सट्टा भएका सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘जुम्लामा बायो–इन्जिनियरिङ सफल देखिएको छ, तर विकासमा स्थानीय समुदायको अपनत्व घट्दै जानु चिन्ताको विषय हो ।’

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक पवन थापाले विश्वविद्यालयले कर्णाली सुहाउँदो वातावरणीय विज्ञान र प्राकृतिक स्रोतका जनशक्ति उत्पादन गरिरहेको बताए । उनले ‘ग्रीन रोड कन्सेप्ट’, ‘लेबर बेस्ड टेक्नोलोजी’ र वन्यजन्तु मैत्री पूर्वाधार (अन्डरपास/ओभरपास) निर्माणलाई कडाइका साथ लागू गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

त्रिपुरासुन्दरीको कस्तुरी मावि भवन निर्माणका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर


TOP