ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

इटहरी : नेपाली काँग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले विजय हासिल गरेका हुन् । सुरुवात देखीनै अग्रता कायम गरेका उनले संस्थापन प्यानलका उम्मेदवार सञ्जय कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । दुवै उम्मेदवारको निर्वाचन क्षेत्र र पालिका पनि समान भएका कारण चुनाव निक्कै प्रतिस्पर्धात्मक देखिएको थियो । कुल २६२६ मत मध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत खसेको थियो । ११३ मतान्तरका साथ विजयी भएका भण्डारी दुई कार्यकाल सुनसरी सचिव चलाएका हुन् । श्रेष्ठ मनोनीत उसपभापती हुन् । वकालत पेसामा समेत आबद्ध भण्डारी प्रस्ट वक्ताको रूपमा चिनिन्छन्। भण्डारी सहित उपसभापतिमा इतर पक्षकै नागेशचन्द्र राई र पङ्कज कुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका वीरेन्द्र कुमार शाह र इतर प्यानलका माधव कुमार घिसिङ निर्वाचित भएका हुन् । सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्ग महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहता र देवेन्द्र पौडेल विजयी भएका हुन् । इतर प्यानलको पकड मानिएको सुनसरीमा निक्कै कडा प्रतिस्पर्धाका बिच भण्डारी विजयी भएका छन् । यस सँगै राजीव कोइराला पछि सुनसरीमा इतर पक्ष स्थापित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP