ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

काठमाडौं । आमिर खान स्टारर बलिउड फिल्म ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ । ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा फिल्म किनेको हो । ‘केजीएफ : च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो । ‘आरआरआर’को राइट १ करोड रुपैयाँ थियो ।

आमिर र करिना कपुरको मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंह चड्डा’ साउन २६ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । ‘यो फिल्मको राइट अहिलेसम्मकै उच्च हो । ‘केजीएफ २’ भन्दा पनि माथि’ वितरक राठीले अनलाइनखबरसँग भने ।

२ करोडमा खरिद गरिएको आमिरको यो फिल्मबाट लगानी उठाउन ६ करोड रुपैयाँ कमाउनुपर्छ । ठूला स्टारका फिल्म, त्यसमा पनि महंगो मूल्य भएपछि स्वभाविक रुपमा वितरकमाथि दबाब पर्छ । किनभने कन्टेन्ट वितरकको नियन्त्रणमा हुँदैन ।

आमिर खान प्रोडक्सन र भायकम-१८ कम्पनीले निर्माण गरेको फिल्मको बजेट १५० करोड भारु बताइएको छ । फिल्मको विश्वव्यापी वितरण चाहिं हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले गर्दैछ । टम क्रुजका सबै फिल्मको वितरण प्याराउमाउन्टले गर्दै आएको छ ।

यो फिल्म सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक समेत हो । यसैबीच, करण जोहरको आगामी फिल्म ‘लाइगर’को नेपाल राइट पनि महंगो मूल्यमा प्रस्ताव भएको छ, तर कसैले पनि अहिलेसम्म खरिद गरिसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP