ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा — डोल्पाकी ७९ वर्षीया एक वृद्धाले पहिलो पटक राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेसँगै त्रिपुरा सुन्दरी नगरपालिकामा राष्ट्रिय परिचय पत्रको अनलाइन विवरण दर्ता सेवा सुरु गरिएको छ। त्रिपरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले बुधबार उक्त वृद्धालाई परिचयपत्र नम्बर हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन्।

 

नागरिकले अब स्थानीय तहकै कार्यालयबाट अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सक्ने छन्। आवश्यक उपकरण तथा प्राविधिक खर्च नगरपालिका आफैंले व्यवस्थापन गरेको हो भने नेटवर्किङ डिभाइस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले उपलब्ध गराएको हो।

 

डोल्पाको सबैभन्दा ठूलो त्रिपुरा सुन्दरी नगरपालिकामा ११ वटा वडाका लागि असार २५ सम्मको समयसिमा तोकिएको छ। प्रत्येक वडामा ५ दिनको सेवा दिने तालिका तय गरिएको छ। उपप्रमुख देवी घर्तीका अनुसार सेवा नियमित रूपमा जारी रहनेछ।

 

प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले अनुसार, सेवा सहज बनाउन जिल्ला प्रशासनको पहलमा प्राविधिक सहयोग र MIS अपरेटरमार्फत विवरण दर्ता कार्य भइरहेको छ। हालसम्म डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा सेवा सम्पन्न भइसकेको छ भने अब तल्लो डोल्पाको काईके मात्रै बाँकी रहेको जानकारी दिएका छन्।

 

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि सेवा पहुँचयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो अभियानबाट विशेषगरी सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। नगरप्रमुख रोकायाले आगामी दिनमा नागरिकता र मतदाता नामावली अद्यावधिक गर्न एकीकृत घुम्ती शिविर सञ्चालनको तयारीसमेत भइरहेको जानकारी दिएका छन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP