ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत : सुर्खेतको चिंगाड गाउँपालिका मटेला स्थित ठाँटी मेलामा सेमिफाइनलका खेलहरु भोलि हुने भएको छ। गत कार्तिक १९ गते देखि संचालित मेलामा भलिबल तर्फ समूहचरणका सम्पूर्ण खेलहरु पूरा भएको मेलाका खेल संयोजक खगेन्द्र जिसीले रंगीन पाटीलाई जानकारी दिए।

भोलि हुने सेमिफाइनल खेलमा पहिलो चरणमा सुर्खेतको लेकबेशि र सल्यानको बनगाड कुपिण्डे दह बीच प्रतिस्पर्धा हुने छ। यो खेलको विजेता टोली फाइनल प्रवेश गर्ने छ।

समूह चरणको क्वाटरफाइनलमा लेखबेशिले आयोजक ‘ख’ लाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो भने बनगाड कुपिण्डे दहले दैलेखको गुराँस गाउँपालिकाको भलिबल टिमलाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो।

त्यस्तै भोलि नै हुने सेमिफाइनलको दोश्रो खेलमा सुर्खेत चिंगाडको भलिबल टिम र रुकुम पश्चिमको आठविसकोटको भलिबल टिम बीच प्रतिस्पर्धा हुने छ। यी दुई बीचको विजेता टोलीले फाइनलमा सेमिफाइनल तर्फ पहिलो खेलको बिजेता सग प्रतिस्पर्धा गर्ने छ।

सेमिफाइनलका दुवै चरणका खेलमा पराजित हुने टिम बीच तेश्रो स्थानको लागि प्रतिस्पर्धा हुने छ ।

चिंगाडले समूह चरणको क्वाटरफाइनलमा अवलघुवानी भलिबल ग्रुपलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने रुकुम पश्चिमको आठविसकोटले गुर्भाकोट नगरपालिकाको भलिबल टिमलाई हराउँदै आफ्नो सेमिफाइनल यात्रा तय गरेको थियो।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ठाँटी मेलामा ठाँटी बजार व्यवस्थापन समिति द्वारा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता – २०८२ मा प्रथम हुनेले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ६५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गर्ने छ। द्वितीय हुने भलिबल टोलीले ट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. १ लाख ११ हजार १ सय ११ र तृतीय हुने भलिबल टोलीलेट्रफी , प्रमाणपत्र र मेडल सहित नगद रु. ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्रमाणपत्र र मेडल सहित नगद रु. १० हजार प्राप्त गर्ने छन् भने प्रतियोगितामा विभिन्न विद्या तर्फ उत्कृष्ट हुनेले , प्रमाणपत्र र मेडल सहित नगद रु. ३ हजार प्राप्त गर्ने छन् ।

मेलाका खेल संयोजक जीसीका अनुसार सेमिफाइनल खेलहरूलाई हेर्न स्थानीय दर्शकको उत्साह उच्च सगै मेलाको वातावरण झन् रंगिन बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP