ताजा
निर्माण व्यवसायी महासंघको नवनिर्वाचित उपाध्यक्षलाई सांसद बुढाको बधाई   ||    सुर्खेतमा यातायात व्यवसायी आन्दोलित, भोलिदेखि सार्वजनिक सवारी बन्द गर्ने चेतावनी  ||    एसइईका कारण कर्णाली समृद्धि महोत्सवमा सांगीतिक कार्यक्रम २६ गतेसम्मलाई स्थगित  ||    डोल्पामा एक आमा बाटोमै सुत्केरी हुँदा नवजात शिशुको मृत्यु  ||    प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग?   ||    कर्णालीमा ३८ हजार बढी विद्यार्थी एसईई दिँदै, सबैभन्दा बढी सुर्खेत र कम डोल्पामा  ||    डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु  ||    रुकुमपूर्वको भूमेमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध  ||   
शुक्रबार , चैत्र २०, २०८२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ स्थित रेडियो नेपाल नजिकै सञ्चालन भइरहेको कर्णाली समृद्धि महोत्सव २०८२ को सांगीतिक कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा गत चैत ११ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चैत २६ गतेसम्म साङ्गीतिक कार्यक्रम स्थगित गरिएको हो।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ ले एसइई परीक्षा सञ्चालन भइरहेकाले परीक्षार्थीलाई असर नपरोस् भन्ने उद्देश्यले चैत २६ गतेसम्म सांगीतिक कार्यक्रम स्थगित गर्न आयोजकलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा महोत्सवका सांगीतिक कार्यक्रम भोलि (शुक्रवार) देखि पूर्ण रूपमा बन्द गरिएको महोत्सवका मूल आयोजक समितिका संयोजक हरी बिष्टले जानकारी दिएका छन्।

उनका अनुसार महोत्सवका अन्य गतिविधिहरू यथावत् सञ्चालन भइरहनेछन् भने सांगीतिक कार्यक्रम मात्रै अस्थायी रूपमा रोकिएको हो। संयोजक बिष्टले चैत २७ गतेदेखि पुनः महोत्सवका सांगीतिक कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ

कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख अनुदान, डिजिटल र नवप्रवर्तनमा जोड

डोल्पामा प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस समितिको बैठक सुरु


TOP