ताजा
कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||    हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो  ||   
मंगलबार , चैत्र २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि भइरहेको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो। तर तोकिएको समयभित्र अनुसन्धान पूरा नभए उनीहरूलाई हिरासतबाट मुक्त गर्नुपर्ने आदेश पनि दिएको छ।

अदालतले फौजदारी कार्यविधि संहिताअनुसारको प्रक्रिया पूरा गरी हिरासतबाहिर राखेर थप अनुसन्धान गर्न सकिने उल्लेख गरेको छ।

भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरी बल प्रयोग भएको र त्यसलाई रोक्न आवश्यक प्रयास नगरिएको आरोपमा उनीहरूलाई १४ चैतमा पक्राउ गरिएको थियो। सो प्रकरणमा ज्यान मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीहरूलाई हालसम्म हिरासतमा राख्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP