जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ।
आइतबार बिहान करिब १० बजे स्थानीय थालु प्रसाद जैसीको घरको भान्सा कोठामा ग्यास चुहावट भएपछि आगो लागेको भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार घरधनीकी श्रीमती ४२ वर्षीया माया जैसीले लाईटर बाल्ने क्रममा अचानक आगो सल्किएको थियो । आगलागीमा परी माया जैसी गम्भीर घाइते भएकी छन्।
घटनामा २२ वर्षीय गणेश गौतम मध्यम घाइते भएका छन् भने ३७ वर्षीया रुपा जैसी पनि घाइते भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जानकारी दिएको छ ।
उक्त घटना पछि प्रहरीले पूर्ण आगो रूपमा नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीका अनुसार घाइते तीनै जनाको नलगाड नगर अस्पताल, दल्लीमा उपचार भइरहेको छ।











