ताजा
परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||   
मंगलबार , चैत्र २४, २०८२

डोल्पा: हिमाली जिल्ला डोल्पामा अनुमति बिना ड्रोन उडाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधवार एक सुचना निकाल्दै अनुमति विना ड्रोन उडाउने कार्य नगर्न सबैलाई आग्रह गरेको छ।

प्रशासनले सूचना जारी गर्दै ‘मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरीत निषेधित वा नियन्त्रित क्षेत्रमा ड्रोन उडान गर्न नपाइने स्पष्ट गरेको छ।

सूचनामा भनिएको छ, “उडान अनुमति लिनु नपर्ने क्षेत्रमा समेत कार्यविधि, २०७५ को दफा १४(क), (ख) र (ग) बमोजिम नजिकैको प्रहरी वा सुरक्षा निकायलाई अनिवार्य रूपमा जानकारी गराई मात्र ड्रोन उडान गर्नुपर्नेछ।”

कार्यालयले जिल्ला भित्र बिना अनुमति वा पूर्वसूचना ड्रोन उडान गर्ने जो कोहीलाई प्रचलित कानूनअनुसार कारबाही गरिने समेत जानकारी दिएको छ।

 

पछिल्लो समय डोल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरुको विभिन्न स्थानहरूमा मनपरी रूपमा ड्रोन उडाउने कार्य बढ्न थालेपछि प्रशासनले यस्तो सूचना सार्वजनिक गरेको हो। प्रशासनले सबै नागरिक, निकाय तथा सरोकारवालालाई कानूनी प्रक्रिया पालना गर्न आग्रह गर्दै ड्रोन प्रयोग गर्दा सुरक्षासम्बन्धी मापदण्ड र अनुमति प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न अपिल समेत गरेको छ।

प्रशासनद्धारा जारी सूचना हेर्नुहोस्

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP