ताजा
परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||    असमानता न्यूनीकरणका उपायबारे सुर्खेतमा प्रदेशस्तरीय छलफल   ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पामा यात्रु सवारी साधनका लागी नयाँ भाडादर कायम गरीएको छ।

बुधवार डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाको अध्यक्षतामा यातायात व्यवसायीहरूसँग बसेको बैठकले विभिन्न निर्णयहरू सहीत नयाँ भाडादर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।

बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायात साधनहरूमा शिस्ट र पारदर्शिता कायम गर्नकालागी जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सार्वजनिक सवारीसाधनहरूले अस्थायी कर परमिट अनिवार्य रूपमा लिनुपर्ने, नियमित चेकजाँच कडाइका साथ गरिने, टिकट काउन्टरमा कार्यरत कर्मचारीहरूले अनिवार्य रूपमा परिचय पत्र लगाउनुपर्ने साथै, चालक र सहचालकहरूले यात्रुसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने,सवारीको सिट क्षमताअनुसार मात्र यात्रु बोक्ने र प्रत्येक यात्रुलाई टिकट अनिवार्य रूपमा जारी गर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।

 

बैठकले जिल्ला भित्र विभिन्न मार्गका लागि नयाँ भाडादर पनि निर्धारण गरेको छ । जहाँ साना सवारी साधनमा दुनै – जुफाल ३५०, दुनै – त्रिपुराकोट ३५०, दुनै – त्रिवेणी १००० रुपैयाँ भाडादर कायम गरिएको छ। त्यस्तै ठूला सवारी साधनमा दुनै – जुफाल २५०, दुनै – त्रिपुराकोट २५०, दुनै-त्रिवेणी ८०० रुपैयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले यातायात क्षेत्रमा अनियमितता र यात्रु प्रतिको गैरजिम्मेवार व्यवहारलाई अन्त्य गर्नका लागि सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् ।

बैठकले यी निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, र राष्ट्रिय अनुसन्धान कार्यालयबीच संयुक्त समन्वय गरी निगरानी बढाउने पनि निर्णय गरेको छ।

बैठकमा प्रशासन सहित सुरक्षा निकायका प्रमूख र जिल्ला भित्रका यातयात व्यवसायीहरुको संयुक्त उपस्थिति रहेको थीयो।

निर्णय हेर्नुहोस् 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP